१५ चैत्र २०८०, बिहीबार
Follow Us

कलेजवाट फकर्दे गरेकी युवतीको टिप्परको ठक्करबाट मृत्यु

नेपालब्रिटेन डट कम्
१९ बैशाख २०७६, बिहीबार १२:२५

पुर्व पश्चिम राजमार्ग अन्र्तगत बुटवलको पाखापानीमा टिप्परको ठक्करबाट एक युवतीको मृत्यु भएको छ । ट्राफ्रिक प्रहरी कार्यालय अनुसार बिहान साँढे ११ बजे बुटवलको पाखापानीमा बुटवलबाट बेलबासतर्फ जादै गरेको लु ४५ प ७२३४ नम्बर स्कुटीलाई टिप्परले ठक्कर दिदा बुटवल उपमहानगरपालिका बार्ड नम्बर १२ तामनगरी कि १८ बर्षिय पुप्पा भण्डारी घटनास्थलमै मृत्यु भएको हो । पुप्पा कलेजबाट घर फर्केदै थिईन् । एकै दिशाबाट जादै गरेका टिप्परले र स्कुटीलाई ठक्कर दिएको हो । प्रहरीले दुईबटा टिप्परलाई नियँन्त्रमा लिएको छ । कुनले ठक्कर दिएको भन्ने खुलेको छैन् ।अनुसन्धान भईरेको प्रहरीको भनाई छ ।