७ बैशाख २०८१, शुक्रबार
Follow Us

बाबुराम र उप्रेन्द्रको पार्टीबीच एकता फाइनल, २३ गते घोषणा

नेपालब्रिटेन डट कम्
१९ बैशाख २०७६, बिहीबार १२:२८

काठमाडौं–उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबीच वैशाख २३ गते एकता हुने भएको छ । एकीकरणलाई अन्तिम रुप दिने उद्देश्यका साथ बिहीबार दुई पार्टीका अध्यक्षबीच ‘वान टु वान’ वार्ता भएको छ ।
यी दुईजना अध्यक्ष बीच विहान पहिलो एक चरणको ‘वान टु वान’ वार्ता सकिएको छ भने दोस्रो चरणको छलफल पनि आजै बुढानीलकण्ठको एक घरमा चलिरहेको नयाँ शक्ति पार्टी स्रोतले जनाएको छ ।
विहान भएको छलफलबाट दुवैजना अध्यक्षले एकीकृत पार्टीको आधिकारिक दस्तावेज तयार गरेको बताइएको छ । यस्तै दोस्रो चरणको छलफलबाट दस्ताबेजलाई अन्तिम रुप दिइने छ ।
ती दस्तावेजलाई शुक्रवार बस्ने नयाँ शक्ति पार्टीको सचिवालय बैठक र शनिवार बस्ने फोरम नेपालको केन्द्रीय समितिको बैठकबाट अनुमोदन गराइने बताइएको छ । त्यसपछि २३ गते एकता हुनेछ ।