१४ बैशाख २०८१, शुक्रबार
Follow Us

काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्यहरुद्वारा सपथ ग्रहण

sarusaru
१९ बैशाख २०७६, बिहीबार १२:३८

काठमाडौं– काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्यहरुले सपथ ग्रहण गरेका छन् ।
पार्टी कार्यालय सानेपामा विहिबार दिउँसो पार्टी उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले सबै सदस्यहरुलाई सपथ ग्रहण गराएका हुन् ।
सपथ ग्रहण कार्याक्रमा सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल लगायतका नेताहरु उपस्थित थिए ।
गत चैत २९ गते उपसभापति निधिले सभापति देउवा पत्नीआरजु राणसहित ३८ जनालाई नियुक्त गरेका थिए । उक्त प्रतिष्ठानमा आज १० जना थप गरिएको छ ।
उनीहरुलाई पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा ३६ (१) (ग) बमोजिम केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्यमा नियुक्त गरिएको थियो ।