१५ चैत्र २०८०, बिहीबार
Follow Us

पेट्रोल र डिजेलको मूल्य बढ्यो, ग्यासको बढेन

नेपालब्रिटेन डट कम्
१९ बैशाख २०७६, बिहीबार १६:१९

काठमाडौं–नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । बिहीबार रातिदेखि लागू हुने गरी प्रतिलिटर पेट्रोल १ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेलको मूल्य १ रुपैयाँ वृद्धि गरेको हो ।

मूल्य बढेपछि आगामी शुक्रबार बिहानदेखि उपभोक्ताले पेट्रोल १ सय ११ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेल ९८ रुपैयाँ प्रतिलिटरमा खरिद गर्नुपर्नेछ ।
आयल निमगले तीन महिनापछि मूल्य समायोजन गरेको हो ।
१८ वैशाखमा भारतीय आयल कर्पोरेसन (आइओसी)ले पठाएको नयाँ मूल्य सूची बढेर आएकाले मूल्य वृद्धि गर्नु परेको निगमले जनाएको छ । ग्यासको मूल्य भने यथावत छ ।