१४ बैशाख २०८१, शुक्रबार
Follow Us

पोखरेल भए डीआईजीमा बढुवा सिफारिस

नेपालब्रिटेन डट कम्
१९ बैशाख २०७६, बिहीबार १६:४४

काठमाडौं– प्रहरी नायव महानिरीक्षक (डीआईजी) पदका लागि वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) विश्वराज पोखरेल बढुवा सिफारिस भएका छन् ।
बढुवा समितिको बिहीबार बसेको बैठकले पोखरेललाई बढुवा सिफारिस गरेको हो ।
प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) को प्रावधान अनुसार पोखरेललाई डीआईजीमा बढुवा सिफारिस गरिएको हो ।