१३ बैशाख २०८१, बिहीबार
Follow Us

नेपाललाई मध्यमस्तरको मुलुक बनाउने घोषणा हुँदै

नेपालब्रिटेन डट कम्
२० बैशाख २०७६, शुक्रबार ०३:१८

काठमाडौं। सरकारले आगामी आर्थिक वर्षदेखि समृद्धिको सुरुवाती वर्षका रूपमा अगाडि बढाउने गरी नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ । सरकारले एक दशकमा मुलुकलाई समृद्ध मुलुकका रूपमा विकास गर्ने कार्यक्रम अघि सार्ने तयारी गरेको छ ।
संघीय संसद्को आज (शुक्रबार) अपराह्न ४ बजे बस्ने संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा समृद्धको आधार वर्ष पूरा भएको र अब समृद्धि सुरु हुने घोषणा गर्ने कार्यक्रम तय भएको छ । आगामी ५ वर्षमा आर्थिक वृद्धि दोहोरो अंकमा पु¥याउने लक्ष्यसहितको सरकारको नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत हुने भएको छ ।

सरकारले आफ्नो नीति तथा कार्यक्रममा अबको १० वर्षमा नेपाल मध्यमस्तरको आय भएको मुलुकमा स्तरोन्नति हुने महत्वाकांक्षी योजना प्रस्तुत गर्ने भएको छ । आर्थिक वृद्धि र प्रत्येक नेपालीको आय बढाउन सरकारको घोषणाअनुसार अहिलेको लगानीलाई दोब्बर बनाउनुपर्ने हुन्छ । यसका लागि सरकारले आर्थिक वृद्धिको संवाहकका रूपमा कृषि ऊर्जा, उद्योग, यातायात, भौतिक पूर्वाधार, सूचना प्रविधि, पर्यटन र सहरी विकासलाई पहिचान गरेको छ । राजधानी दैनिकमा खबर छ ।