१४ बैशाख २०८१, शुक्रबार
Follow Us

चार राजनीतिक दलबीच एकीकरण

नेपालब्रिटेन डट कम्
२० बैशाख २०७६, शुक्रबार ०३:२३

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा नेपाल), संघीय समाजवादी फोरम नेपाल, नयाँ शक्ति पार्टी र जनमुक्ति पार्टीबीच एकीकरणका लागि छलफल सुरु भएको छ । विभिन्न चरणमा शीर्ष नेताबीच भएको छलफलले एकता नजिक पुगेको नेताहरु बताउँछन् ।

बबरमहलस्थित नयाँ शक्ति पार्टीको कार्यालयमा बिहीबार चारै दलका शीर्षस्थ नेताहरुबीच छलफल भएको छ । छलफलमा राजपा नेपालका पूर्वसंयोजकद्वय महन्थ ठाकुर, राजेन्द्र महतो, फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई र जनमुक्ति पार्टीका संयोजक एमएस थापा सहभागी थिए ।

राजपा नेपालका नेता महतोले वैकल्पिक शक्ति निर्माणका लागि चार राजनीतिक दलबीच एकीकरणका लागि छलफल भएको बताए । देशमा रहेका सबै द्वन्द्वको समाधान एवं सुशासन तथा समृद्धिका लागि वैकल्पिक शक्ति निर्माण गर्ने अभियानमा जुटेको उनले बताए । राजधानी दैनिका खबर छ ।