१३ बैशाख २०८१, बिहीबार
Follow Us

मोबाइलको ब्यालेन्सले सामान किन्न सकिने

नेपालब्रिटेन डट कम्
२० बैशाख २०७६, शुक्रबार ०३:२६

काठमाडौं–अहिले बयालेन्सबाट आफ्नो सेवा प्रदायकले दिने विभिन्न डाटा प्याकेज मात्रे किन्न मिल्ट । अबको केही महिनामा भने मोबाइल प्रयोगकर्ताले आफ्नो ब्यालेन्सबाटै पसलमा सामान खरिद गरेर पैसा तिर्न, विद्युत महसुलसहित विभिन्न सेवा शुल्क तिर्न सक्नेछन् ।
ब्यालेन्सबाट सामान खरिदबाट रकम तिर्न सकिने सेवा नेपाल टेलिकमले सञ्चालन गर्ने भएको खबर कान्तिपुर दैनिकमा छापिएको छ । यस्तो सेवा सञ्चालनका लागि नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकबीच बिहीबार समझदारी भएको छ ।