१२ बैशाख २०८१, बुधबार
Follow Us

राष्‍ट्रिय सुरक्षा एवं प्रतिरक्षासम्बन्धी विषयमा अध्ययन गरिनेछ

नेपालब्रिटेन डट कम्
२० बैशाख २०७६, शुक्रबार १३:१०

राष्ट्रिय सुरक्षा नीति कार्यान्वयन गरी राष्‍ट्रिय सुरक्षालाई सुदृढ बनाइनेछ।राष्‍ट्रिय सुरक्षा एवं प्रतिरक्षासम्बन्धी विषयमा अध्ययन अनुसन्धान गर्न राष्‍ट्रिय प्रतिरक्षा विश्‍वविद्यालयस्थापना गरिनेछ। अब मुलुकमा हिंसाले स्थान पाउनेछैन। नागरिकको जीउधन र सार्वजनिक सम्पत्तिको सुरक्षाका लागि जुनसुकै प्रकारको हिंसात्मक गतिविधिप्रति मेरो सरकार कठोर रूपमा प्रस्तुत हुनेछ। संविधान र कानुन विपरीतका कार्यमा संलग्‍न हुने, शान्ति सुरक्षामा खलल पुर्‍याउने र सामाजिक सद्‍भाव बिथोल्ने कुनै पनि प्रकारका आपराधिक क्रियाकलापमा संलग्न हुने जोकोहीलाई कानुनी कारबाहीको दायरामा ल्याइनेछ।