१४ बैशाख २०८१, शुक्रबार
Follow Us

सरकारको नीति तथा कार्यक्रमका १५ आकर्षक बुँदा

नेपालब्रिटेन डट कम्
२० बैशाख २०७६, शुक्रबार १३:१८

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छिन् ।

उनले सङ्घीय संसद्को शुक्रबारको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।
राष्ट्रपतिले सङ्घीय संसद्को कुनै सदनको वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न सक्ने संवैधानिक व्यवस्था रहेको छ ।

सरकारले निर्वाचनको समयमा जनतासामु कवल गरेअनुरुप चुनावी घोषणपत्रका आधारमा नीति तथा कार्यक्रम बनाउने गर्दै आएको छ ।

नीति तथा कार्यक्रमका १५ आकर्षक बुँदाः

–बारीका पाटा र खेतका गरा सबै हराभरा बनाउने घोषणा
–आगामी आर्थिक वर्षमा इतिहासकै तीब्र आर्थिक विकास
–चार वर्षभित्र सबै स्थानीय तह केन्द्रसम्म पक्की सडक
–आगामी वर्षभित्र ७७ वटै जिल्ला सडक सञ्जाल
–काठमाडौंलाई धूलोमुक्त बनाइने
–देशमै पासपोर्ट र पैसा छापिने
–एक वर्षभित्र अतिक्रमित सबै सरकारी जग्गा सरकारीकै नाममा ल्याइने
–समुन्द्रमा नेपालको झण्डासहितको पानीजहाज हुने
–दुई वर्षभित्र नेपाल साक्षर बनाइने
–आगामी वर्षदेखि पाइलाइनबाट पेट्रोलियम पदार्थ
–३०० पुल र रेलमार्ग निर्माण प्रक्रिया थालिने
–अब नेपालमा केही भोको नपर्ने, भोकले कोही नमर्ने ।
–सामाजिक सुरक्षा भत्ता बढाइने
–श्रमिकको पारिश्रमिक बैंकबाटै भुक्तानी
–वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न थप देशसँग श्रम सम्झौता गरिने