१३ बैशाख २०८१, बिहीबार
Follow Us

राष्ट्रपति विवादमा तानिइन्, रानी बोक्ने कुनै रहर छैन : कांग्रेस

नेपालब्रिटेन डट कम्
२० बैशाख २०७६, शुक्रबार १३:३४

काठमाडौं। राष्ट्रपति विद्या देवि भण्डारीले संसदको संयुक्त बैठकमा आर्थिक बर्ष २०७६(७७को नीति तथा कार्यक्रम सार्वजनिक गरेकी छिन्। उक्त नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा राष्ट्रपतिले ‘मेरो सरकार’ भनेर नेपाल सरकारलाई सम्बोधन गरेकी हुन्।

सामाजिक संजालमा राष्ट्रपतिले भनेको ‘मेरो सरकार’ प्रति प्रश्न उठेको छ। नेपाल सरकारलाई ‘मेरो सरकार’ भन्दा सुन्नेहरुलाई अफठ्यारो महशुस भएको छ। गणतन्त्र आउनु अघि नेपालमा ‘श्री ५ को सरकार’ रहँदा राजाहरुले ‘मेरो सरकार’ भन्ने गरेका थिए।
यस्तै नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले यसरी नेपाल सरकारलाई राष्ट्रपतिले ‘मेरो सरकार’ भन्न मिल्छ भनेर प्रश्न उठाएका छन् ।