१५ चैत्र २०८०, बिहीबार
Follow Us

बढ्दै छ चिनियाँ भाषाप्रतिको मोह

नेपालब्रिटेन डट कम्
२१ बैशाख २०७६, शनिबार ०३:१०

काठमाडौँ । हिजोआज ठमेल निकै फेरिएको छ । पर्यटकको चहलपहल हुने ठमेलको मुख्य क्षेत्रमा दिउँसो सवारी साधन चलाउन निषेध गरिएको छ । अचेल यहाँका साइनबोर्डहरू फेरिएका छन् । जानकार भन्छन् – ठमेल पुग्दा हिजोआज चीनको कुनै सानो सहर पुगे जस्तै हुन्छ ।
धेरैजसो पसल र घरमा नेपाली र अंग्रेजीभन्दा चिनियाँ भाषाका बोर्डहरू झुन्डिएका छन् । चिनियाँ पर्यटकलाई लक्षित गरी नेपाली व्यवसायीहरूले आफ्नो पसल र व्यवसायको चिनारी चिनियाँ भाषामा दिने उपाय निकालेका छन् ।
त्यति मात्र होइन, ठमेलमा व्यवसाय गरेर बस्ने चिनियाँको सङ्ख्या पनि बढ्दै छ । यसरी चिनियाँभाषी पर्यटक र व्यवसायी बढेसँगै नेपालीमा चिनियाँ भाषामोह बढेको छ । ठमेलका होटल, रेस्टुराँ तथा पसलले चिनियाँ भाषा जानेका व्यक्तिलाई रोजगारीमा प्राथमिकता दिन थालेका छन् ।
चिनियाँ भाषा प्रयोगको बढ्दो क्रमसँगै चिनियाँ भाषा सिक्नेहरू पनि बढ्दै छन् । त्रिभुवन विश्वविद्यालयअन्तर्गत सञ्चालन भइरहेको विश्वभाषा क्याम्पसमा पहिलेपहिले अंग्रेजी, फ्रेञ्च, स्पेनी जस्ता भाषा सिक्नेको बाहुल्य हुने गरेको थियो तर हिजोआज चिनियाँ भाषामा विद्यार्थीको ‘क्रेज’ बढेको छ । गाेरखापत्र दैनिकमा खबर छ ।