१३ बैशाख २०८१, बिहीबार
Follow Us

दाङको शान्तिनगरमा दोहोरियो झाडापखाला : ५० बढी बिरामी

sarusaru
२१ बैशाख २०७६, शनिबार ०५:३०

दाङ । दाङको शान्तिनगर गाउँपालिकामा झाडापखालाको प्रकोप देखिएको छ। झाडापखालाका कारण शान्तिनगरको भलानेटी पुरै गाउँ प्रभावित भएको गाउँपालिकाको स्वास्थ्य शाखाले बताएको छ।

शान्तिनगरको भलानेटीमा झाडापखालाको प्रकोप देखिएपछि शान्तिनगरमा उच्च सतर्कता अपनाइएको छ। शान्तिनगर ३ मा पर्ने भलानेटी क्षेत्रमा झाडापखाला फैलिदा सिङगो गाउँ त्रसित भएको छ।

शुक्रबार बिहानबाट देखिएको झाडापखालाको प्रकोप बढ्दै गएको र बेलुकासम्म ५० जना भन्दा बढी बिरामी भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरी पुनले बताए।

शान्तिनगर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पुनले भलानेटीमा झाडापखालाको प्रकोप देखिएको भन्दै उपचारलाई प्रभावकारी बनाइएको बताए।

उनले केहीलाई गाउँमै र कडा बिरामीलाई स्वास्थ्य चौकीमा ल्याएर उपचार गरिरहेको बताए। झाडापखालाका कारण गाउँमा ५० जनाको हाराहारीमा बिरामी परेका छन्।

झाडापखालाको प्रकोप भएको क्षेत्रमा गाउँपालिका अध्यक्ष कमानसिह डाँगी, प्रमुख प्रशासकीय अधिकृत निमबहादुर केसी, वडा अध्यक्ष बुद्धीराम तिवारीलगायतको टोलीले भलानेटीको स्थलगत अवलोकन गरेको छ।

अन्नपूर्ण पोस्ट दैनिक