१४ बैशाख २०८१, शुक्रबार
Follow Us

ब्याइफ्रेण्ड क्लार्कसँग विवाह गर्दै न्युजिल्याण्डकी प्रधानमन्त्री

sarusaru
२१ बैशाख २०७६, शनिबार ०६:०३

एजेन्सी । न्युजिल्याण्डकी प्रधानमन्त्री जेसिण्डा आरडनको उनको लिभ–इन–पार्टनर क्लार्क गेफोर्डसँग विवाह हुने भएको छ । न्युजिल्याण्डको प्रधानमन्त्री कार्यालयले यस समचारको पुष्टि गरेको छ ।
शुक्रबार एक कार्यक्रममा प्रधानमन्त्री आरडनको बायाँ हातको बीचको औंलामा हिराको औंठी देखिएकाले यसबारे अनुमान सुरु भएको थियो ।
पत्रकारितामा इन्टर्नशिप गरिरहेका एक युवाले यस विषयमा सबैभन्दा पहिले सोधखोज गरेका थिए । उनले प्रधानमन्त्री कार्यालयसँग यसबारेमा प्रश्न गर्दा कार्यालयले सकारात्मक जवाफ दियो ।
आरडनका प्रेमी क्लार्क पेसाले टीभी प्रस्तोता हुन् । दुईजना धेरै पहिलेदेखि सम्बन्धमा रहदैं आएका छन् । उनीहरुबीच विवाह नभए पनि पहिलेदेखि संगै बस्दै आएका थिए । दुईको सम्बन्धबाट एक छोरी पनि छिन् ।
प्रधानमन्त्री पदमै रहदाँ गर्भ बसेपछि आरडन अन्तराष्ट्रिय मिडियामा चर्चामा आएकी थिइन् । आरडन पाकिस्तानकी पूर्व–प्रधानमन्त्री बेनजिर भुट्टोपछि पदमा रहदैं आमा बन्ने दोस्रो महिला प्रधानमन्त्री हुन् ।