१२ बैशाख २०८१, बुधबार
Follow Us

रुकुममा जिप दुर्घटना,१ को मृत्यु ५ घाईते

sarusaru
२१ बैशाख २०७६, शनिबार ०६:१९

रकुम (पश्चिम) को सदरमुकाम मुसिकोट खलंगा बाट रुकुम (पूर्व) को चिसापानी जाँदै गरेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परि अन्य पाँच जना गम्भिर घाइते भएका छन् । लु१ज १७८१ नम्बरको जिप दुर्घटना हुँदा ९ महिने एक बालिका निर्जला रावलको मृत्यु भएको हो । दुर्घटनामा सिस्ने गाउँपालिका-८, भुरुङ्गाकी मृतक बालिकाकी आमा २४ वर्षीया रमिता रावल, सोही वडा धपेका १७ वर्षीय मोहन चन्द र भुरुङ्गाकै २५ वर्षीय गाडी चालक राजन बोहरा घाइते भएका छन्। यसैगरी सिस्ने गाउँपालिका-७, नाथीगाडकी १६ वर्षीया ईश्वरी गौतम र १७ वर्षीया ज्ञानु रेउले पनि घाइते भएका छन्। घाइते सबैको स्वास्थ्य चौकी धपेमा प्राथमिक उपचार गरी जिल्ला अस्पताल रुकुम पश्चिम ल्याइएको छ।

जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वका अनुसार घटना स्थलमा प्रहरी जाँदै छ । गाडी सडकबाट करिब ३ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक वीरबहादुर सुनारले जानकारी दिए।
टिभि अन्नपूर्ण