१४ बैशाख २०८१, शुक्रबार
Follow Us

आर्थिक प्रलोभनमा पार्न खोज्ने नियन्त्रणमा

sarusaru
२१ बैशाख २०७६, शनिबार ०९:२६

काठमाण्डौ- मध्यपुर ठिमि नगरपालिका २ पेप्सी मनोहरा पुल स्थितमा महानगरीय प्रहरी वृत ठिमिबाट खटिएको प्रहरी टोलीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने बा. ४ ख ७११० नम्बरको यात्रु बहाक बसका चालक र सह-चालकलाई पक्राउ गरेको छ । बसलाई चेकजाँचको क्रममा आवश्यक कागजपत्र नभएकोले कारबाही गर्न खोज्दा कारवाहीबाट बच्न निजहरूले नगद रू २५० रूपैयाँ दिई प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेका थिए । बस चालक भक्तपुर खरिपाटी बस्ने वर्ष ३१ को रुपेश कार्की, सह-चालक सोही बस्ने वर्ष २० को महेश खनाल र बस, रकम सहित नियन्त्रणमा लिई अनुसन्धान भईरहेको छ ।