६ बैशाख २०८१, बिहीबार
Follow Us

फोरम नेपाल र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालबीच एकीकरण हुने निश्चित

नेपालब्रिटेन डट कम्
२१ बैशाख २०७६, शनिबार ०९:३४

बाबुराम र उपेन्द्रले दिए सरप्राइज, समाजवादी पार्टी बनाउने घोषणा
काठमाडौं– एकता भाँडिएको हल्ला फैलाएर एकाएक भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालबीच एकीकरण हुने निश्चित भएको जानकारी दिइएको छ । दुई दिनअघि सम्म एकता भाँडिएको प्रचार भएको थियो । तर, गम्भीर ढंगको छलफलपछि एकताको मिति तय गरिएको हो ।

दुई पार्टीबीच सोमबार (वैशाख २३ गते) एकीकरण गर्ने घोषणा गर्ने समझदारी भएको हो ।
शनिबार दुई पार्टीबीचको अन्तिम छलफलबाट एकीकरणको मिति टुंगो लगाइएको हो ।
एकीकृत पार्टीको नाम समाजवादी पार्टी नेपाल राख्ने सहमति भएको छ भने सो पार्टीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै नेपाली समाजमा विद्यमान जातीय, वर्गाीय, लैंगिक र क्षेत्रीय असमानता, विभेद र शोषणको अन्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको समृद्धिका लागि भूमिका निर्वाह गर्ने लक्ष्य लिएको छ ।
एकीकरण गर्ने समझदारीपछि उपेन्द्र यादव र बाबुराम भट्टराईले एक संयुक्त वक्तब्य जारी गर्दै विगत केही समयदेखिको छलफल र विचार विमर्शपछि दुई पार्टीबीच एकीकरण गरेर संघीय समाजवादी पार्टी नेपाल बनाउने ऐतिहासिक समझदारी भएको उल्लेख गरेका छन् ।
एकता घोषणा कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ । योसँगै अब एकीकृत पार्टी तेस्रो शक्ति हुने भएको छ ।