१२ बैशाख २०८१, बुधबार
Follow Us

अमेरिकामा बिमान चिप्लिएर नदीमा खस्यो

नेपालब्रिटेन डट कम्
२१ बैशाख २०७६, शनिबार १६:४७

संयुक्तराज्य अमेरिकाको फ्लोरिडा राज्यमा एक यात्रुबाहक बोइङ शनिबार धावन मार्गमा चिप्लिएर नदीमा खसेको छ ।
आँधी तुफानबीच अवतरण गर्ने क्रममा बोइङ ७३७ चिप्लिएको अधिकारीहरुले बताएका छन् ।

बिमानमा सवार १४३ यात्रु सबै सकुशल रहेका छन् । केही यात्रुलाई भने तत्काल उद्धार गरी अस्पताल भर्ना गरिएको थियो ।

यो चार्टर्ड बिमानको सञ्चालन मियामी एयर इन्टरनेसनलले गरेको थियो । उक्त बिमान क्युबाको ग्वान्तानामो बेबाट अमेरिकाको ज्याक्सनभिल्लतर्फ उडिररहेको थियो ।

बिमानका एक यात्रु एवं वकील शेरिल बोरम्यानले सिएनएनसँग बिमान जमिनमा बेस्सरी ठोक्किएको र त्यसपछि उछिट्टिएर नजिकैको नदीमा खसेको बताए । उनले आफूहरु पानीमा भए पनि कहाँ झरेको हो थाहा नभएको बताए । उनले एकछिन त बिमान समुद्रमा खसेको हो वा नदीमा खसेको हो थाहा पनि पाउन नसकिएको अनुभव सुनाए ।

उहाँले नदीमा बिमान खस्नासाथ अक्सिजन मास्क लगाइएको र ढोका तुरुन्तै खुलेको पनि बताए ।

ज्याक्सनभिल्ले नौसैनिक हवाई अड्डाका कमान्डिङ अधिकेत क्याप्टेन मिसेल कोन्नोरले बिमान दुर्घटनामा कसैको ज्यान जोखिममा नपरेकामा चमत्कार नै भएको प्रतिक्रिया दिए ।

उक्त ७३७–८०० विमान १८ वर्ष पुरानो हो । अमेरिकी बिमान कम्पनी बोइङ पछिल्ला दिनहरुमा ७३७ म्याक्स सिरिजका बिमानहरु दुर्घटनाका कारण ठूलो सङ्कटमा छ ।