४ बैशाख २०८१, मंगलवार
Follow Us

बेलायती प्रहरीले भन्यो–हुवावे फाइब–जी सार्वजनिकीकरणमा अपराध भएको छैन

नेपालब्रिटेन डट कम्
२१ बैशाख २०७६, शनिबार १७:१३

लन्डन – चिनियाँ टेलिकम कम्पनी हुवावेलाई तिब्र गतिको इन्टरनेट सेवाको सीमित अनुमति दिइएको बारेमा भएका खुलासाहरु फौजदारी अपराध नरहेको बेलायती प्रहरीले स्पष्ट गरेको छ ।

प्रधानमन्त्री थेरेसा मेले बुधबार यही आरोपमा रक्षामन्त्री ज्याभिन विलियम्सनलाई बर्खास्त गरेकी थिइन् ।
बेलायतको राष्ट्रिय सुरक्षा परिषदको अप्रिल २३ मा बसेको बैठकमा भएको निर्णय सार्वजनिक हुनुमा प्रधानमन्त्री मेले रक्षामन्त्रीमाथि दोष लगाएका थिए ।

परिषदमा भएको छलफलमा बरिष्ट मन्त्रीहरु र सुरक्षा अधिकारीलाई मात्र सहभागी गराइन्छ ।
उनीहरुले सरकारी गोप्यता ऐन बमोजिम सपथ लिएर मात्र परिषद बैठकमा सहभागी हुन पाउँछन् । परिषदका कुनै पनि सदस्यले बैठकमा व्यक्त गरेका विचारलाई निजी रुपमा व्याख्या गर्ने प्रचलन छैन ।

कतिपय वरिष्ट विपक्षी नेताहरुले उक्त घटनाका बारेमा प्रहरी छानबिन हुनुपर्ने माग गरेका छन् ।

तर शनिबार एक वक्तव्य जारी गर्दै सहायक प्रहरी आयुक्त निल बसुले यस विषयको छानबिन अनुपयुक्त रहेको बताए ।