१६ चैत्र २०८०, शुक्रबार
Follow Us

३ लाख घुस खाने नायव सुब्बा अख्तियारको फन्दामा

नेपालब्रिटेन डट कम्
२१ बैशाख २०७६, शनिबार १७:४४

काठमाडौं– उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलास बाँकेमा कार्यरत टाइपिस्ट नायव सुब्बा कृष्ण कुमार पाठक तीन लाख घुससहित अख्तियारको फन्दामा परेका छन् ।

अदालतमा विचाराधीन मुद्दामा सहजीकरण गरिदिने बहानामा घुस मागेको उजुरीको आधारमा अख्तियारको बुटवल कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
उनलाई चारबाहीनी चोकस्थित श्री लयर्स च्याम्बरबाट नियन्त्रणमा लिइएको बुटवलस्थित सम्पर्क कार्यालयका कार्यालय प्रमुख गणेश गैरेले जानकारी दिए ।