१५ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएन बेल्जियमको साधारणसभालाई उपाध्यक्ष पन्तले सम्वोधन गर्ने

नेपालब्रिटेन डट कम्
६ कार्तिक २०७३, शनिबार १५:०४

ब्रसेल्स । गैरआवासीय नेपाली संघ बेल्जियमको एघारौ साधरण सभा यहि आईतवारका दिन बेल्जियम लुभेनमा सम्पन्न हुदैछ । उक्त साधारण सभालाई गैर आवासीय नेपाली संघका केन्द्रिय उपाध्यक्ष कुमार पन्तले सम्बोधन गर्ने छन्  । पन्तले उक्त अवसरमा भेट्घाट सहित भुकम्प पीडितका लागि  वारपाकमा भर्खर  शिलान्यास गरिएको  पुनर्निर्माण र एनआरएनएको भावी  योजनाका बारेमा छलफल गर्नेछन । गैरआवासीय नेपाली संघका अध्यक्ष गंगाधर गौतमले  साधारण सभाको सम्पूर्ण तयारि पुरा भई सकेको र कार्यक्रमलाई अझ रोचक बनाउनका लागि इनास युरोप नृत्य प्रतियोगिता २०१४ कि बिजेता दिपिका केसीका साथमा  एरिना केसी, सारा धिताल, कृतिका मगरको जोडदार प्रस्तुति  रहने  बताउनु भयो ।
साधारण सभाका लागि प्रगति प्रतिवेदन , आर्थिक प्रतिवेदन , प्रसंशा पत्र सहित सम्पूर्ण तयारी भई सकेको संघका महासचिव लोकह दाहालले जानकारी  दिनुभयो |साधारण सभा सभ्य र भब्य रुपमा सम्पन्न गर्नका लागि आईतवार  १२ बजे समय मै उपस्थित भई दिनु हुन् सम्पूर्ण साधारण सदस्यमा संघका अध्यक्ष गंगाधर गौतमले सादर अनुरोध  गर्नुभएको छ ।