१५ चैत्र २०८०, बिहीबार
Follow Us

काँग्रेसले ‘मेरो सरकार’ मा संशोधन हाल्ने, ओलीमाथि गम्भीर आरोप लगाइयो

नेपालब्रिटेन डट कम्
२१ बैशाख २०७६, शनिबार १८:१८

काठमाडौं–नेपाली कांग्रेसले प्रधानमन्त्रीले राष्ट्रपतिलाई कार्यकारी राष्ट्रप्रमुखको हैसियत दिन खोजेको आरोप लगाएको छ ।

शनिबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले संंघीय लोकतान्त्रिक गणतन्त्रतात्मक व्यवस्थामा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिलाई राजामहाराजाको जस्तो गरि कार्यकारी राष्ट्र प्रमुखको हैसियत दिएको ठहर गरेको हो ।
शुक्रबार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले मेरो सरकार भन्ने शब्दाबली प्रयोग गर्नु सैद्धान्तिक रुपमै गलत भएको दाबी कांग्रेसले गरेको छ ।

संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले सरकारको नीति तथा कार्यक्रममा प्रयोग भएको भाषा संशोधन गरिनुपर्ने बताए ।
उनले मेरो सरकार भन्नु सैद्धान्तिक रुपमा नै गलत भएको भन्दै प्रधानमन्त्री ओलीले विद्यादेवी भण्डारीलाई कार्यकारी राष्ट्रपति जस्तो या राजामहाराजा जस्तो पोजिसनमा राख्न खोजिरहेको आरोप लगाए ।
काँग्रेसले नीति तथा कार्यक्रममा रहेको मेरो सरकार बाक्यांशमा संशोधन हाल्ने पनि जनाएको छ ।