१३ बैशाख २०८१, बिहीबार
Follow Us

फानीबाट १५ जनाको मृत्यु, २२३ जना घाईते

sarusaru
२२ बैशाख २०७६, आईतवार ०२:१७

काठमाडौँ । फानी नाम दिइएको बंगलादेशमा ६ र भारतमा ९ गरी जम्मा १५ जनाको ज्यान गएको छ। बंगलादेशी विपद व्यवस्थापन मन्त्री महताब उद्दीनले आँधीका कारण कम्तीमा ६३ जना घाइते भएको जानकारी दिएका छन्। त्यस्तै भारतमा १६० जना भन्दा बढी घाइते भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

बंगलादेशमा एक हजारभन्दा बढी घर क्षतिग्रस्त भएको बताएका छन्। बंगलादेशी अधिकारीहरुले फानीका कारण घरहरुमा क्षति पुगेको, रुखहरु ढलेका, विद्युत सेवा अबरुद्ध भएको र रेल, सडक तथा हवाई सेवामा असर परेको बताएका छन् ।

त्यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै आँधीबाट प्रभावित भएकाहरुलाई राहतको घोषणा गरेका छन्। बङ्गालको खाडीबाट शुरु भएको समुद्री आँधी शनिबार बिहान आठ बजे तटीय इलाकामा आइपुगेको थियो।

टेलिभिजनहरुले तटीय क्षेत्रहरुमा आएको बाढीका कारण जलमग्न भएको दृश्य देखाएका छन् । बंगलादेशी अधिकारीहरुले दशौं हजार मानिसलाई सुरक्षित स्थलमा पुर्याएका छन् ।
डिसी नेपाल