१३ बैशाख २०८१, बिहीबार
Follow Us

‘मेरो सरकार’ बारे ओली बोलेः भारतमा पनि यस्तै छ

नेपालब्रिटेन डट कम्
२२ बैशाख २०७६, आईतवार ०२:५१

काठमाडौं– प्रधानमन्त्री केपी ओलीले लोकतान्त्रिक प्रणाली र अन्तर्राष्ट्रिय अभ्यासअनुसार नै संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपतिले ‘मेरो सरकार’ सम्बोधन गरेको स्पष्टीकरण दिएका छन् ।

गणतन्त्र स्थापनापछि नीति तथा कार्यक्रम सम्बोधनका क्रममा पहिलोपटक राजाकै शैलीमा राष्ट्रपति विद्या भण्डारीले मेरो सरकार सम्बोधन गरेको भन्दै आलोचना भएपछि प्रधानमन्त्री बोलेका हुन् ।
आजको नयाँ पत्रिका दैनिकले ओलीले मेरो सरकार बारेमा भारतको पनि उदाहरण दिन भ्याए ।
उनले भने–भारतमा एउटा पार्टीका तर्फबाट निर्वाचित राष्ट्रपतिले उही या अर्को पार्टीको सरकार हुँदा पनि ‘माई गभरमेन्ट’ सम्बोधन गर्छन् । भारत पनि गणतन्त्रात्मक राज्य नै हो । त्यहाँका राष्ट्रपति पनि कार्यकारी होइनन् । कोविन्दजी (भारतीय राष्ट्रपति रामनाथ कोविन्द)को संसद्मा यसअघिको नीति तथा कार्यक्रम सम्बोधन साथीहरूले युट्युबमा हेर्नुभयो भने पनि प्रस्ट हुन्छ ।