१३ बैशाख २०८१, बिहीबार
Follow Us

कोलोराडोमा स्मारिका बिमोचन तथा श्रष्टा सम्मान कार्यक्रम सम्पन्न

sarusaru
२२ बैशाख २०७६, आईतवार १२:१४

अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आयोजनामा संस्थाको दुई बर्षका गतीविधी सगटिएको स्मारिका बिमोचन संगै श्रष्टाहरु द्धय हरि अधिकारी र मुरली धरलाई सम्मान गरिएको छ ।
बरिष्ठ पत्रकार तथा साहित्यकार हरि अधिकारीको प्रमुख आतित्थता र गीतकार, संगीतकार तथा चलचित्र कर्मी मुरली धरको विशेष उपस्थितीमा स्मारिका बिमोचन तथा श्रष्टा सम्मान र कवी गोष्ठी कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा कोलोराडोमा सकृय संघ संस्थाका पदाधिकारी, कबि कवयत्री, कलाकार, व्यवसायी ,पत्रकार गन्यमान्य तथा सर्वसाधरणको उपस्थिती रहेको थियो ।
अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको दुईबर्षे कार्यकालमा दुई दर्जन भन्दा बढी श्रष्टाहरु सम्मान र डेड दर्जन भन्दा बढी कवी गोष्ठी कार्यक्रम सम्पन्न भएका थिए । संस्थाको सोही गतीबिधी संगटीएको स्म्ँँरीका कार्यक्रमका प्रमुख अथिती अधिकारी, विशिष्ट अतिथी मुरली धर, साहित्यकार ज्ञानेन्द्र गदाल, संस्थाका अध्यक्ष कृष्णमुरारी ढु¨ेल र महासचिव श्याम श्रेष्ठले संयूक्तरुपमा बिमोचन गरेका हुन् ।
त्यसैगरी सोही कार्यक्रममा नेपाली भाषा, साहित्य, कला र संगीतको बिकासमा अमुल्य योगदान दिई नेपाल र नेपालीलाई विश्वसामु चिनाउन उल्लेख्य योगदान गरेका श्रष्टा द्धय बरिष्ठ पत्रकार तथा साहित्यकार हरि अधिकारी र गीतकार, संगीतकार तथा चलचित्र कर्मी मुरली धरलाई फुलको माला, खादा लगाईदिई सम्मान पत्र प्रदान गरि सम्मान गरिएको हो । कार्यक्रमलाई संम्बोधन गर्दै पत्रकार हरि अधिकारीले भाषा र साहित्यको माध्यमबाट मातृभुमी र कर्मभुमीलाई एक आपसमा नजिक तुल्याउन विश्वभर संजाल फैलाएर निरन्तर अगाडी बढिरहेको संस्थाबाट सम्मानित हुन पाउंदा ज्यादै खुसीलागेको भन्दै संम्पूर्ण कोलोराडो बासीलाई धन्यावाद दिए । त्यस्तै गीतकार, संगीतकार तथा चलचित्र कर्मी मुरली धरले जननी जन्म भुमी प्रती ओत प्रोत भएको कवीता सुनाउदै सबै प्रति आभार ब्याक्त गरेका थिए । कार्यक्रममा चर्चित आर्टिष्ट अजित साहको पनि उपस्थिती रहेको थियो । सोही समारोहमा रकी माउन्टेण्ड फ्रेण्डस् नेपालका तर्फबाट संस्थाका पूर्व अध्यक्ष शरद आचार्य, नव निर्वाचित उपाध्यक्ष मणी बस्नेत र महासचिव बिनय दाहालले मुरली धरलाई खादा लगाई दिई सम्मान गरेका थिए ।
कार्यक्रमको दोश्रो सत्रमा कबिता तथा साहित्य सृजना प्रस्तुत गर्ने कार्यक्रम रहेको थियो । यसमा झण्डै एक दर्जन भन्दा बढि कवि, कवयत्री, गायक तथा कलाकारहरुले आ–आºनो सृजना प्रस्तुत गरेका थिए । कवि, कवयत्रीहरुले गद्य, पध्य, स्रिंगारीक जस्ता शैलीहरुमा कविता तथा गजलहरु बाचन गरेका थिए । आज माता तिर्थ औसी परेका कारण धेरैजसो कवी कवयत्रीको सृजना जननी र जन्मभुमी प्रती लक्षीत रहेको थियो । यसरी सृजना प्रस्तुत गर्नेहरुमा हरि अधिकारी, मुरली धर, ज्ञानेन्द्र गदाल, कृष्णमुरारी ढुङ्गेल, यसोदा भट्ट, मीना पौडेल, समीर आचार्य, कुमारजंग कार्की, बिनय दाहाल, रामगोपाल श्रेष्ठ, मणी बस्नेत, रामप्रसाद मरासैनी र शशी अधिकारी लगायतका रहेका थिए ।
च्याप्टरका अध्यक्ष कृष्णमुरारी ढुङ्गेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका महासचिव सदस्य श्याम श्रेष्ठले शुभकामना मन्तब्य दिएका थिए भने, संस्थाका सल्लाहकार कुमारजंग कार्कीले कार्यक्रम संचालन गरेका थिए ।
कार्यक्रमको अन्तमा संस्थाका अध्यक्ष कृष्णमुरारी ढु¨ेलले उपस्थित सबैलाई धन्यवाद दिदै, संस्थाको यस अधि स्थगीत निर्वाचन सम्पन्नगर्न साहित्यकार ज्ञानेन्द्र गदालको संयोजनमा कुमारजंग कार्की र शुर्दशन अधिकारी सदस्य रहेको तिन सदस्सिय निर्वाचन समिती गठन गरेको जनाकारी गराए । उनले यसभन्दा राम्रो तरिकाबाट संस्था संचालनगर्न सक्छौं भनेर अगाडी आउनेलाई जुनसुकै बेला संस्था हस्तान्तरणगर्न तयार रहेको भन्दै, आगामी भानु जयन्तीमा नयां पदाधिकारीलाई बिधीबत् संस्था हस्तान्तरण गरिने जनाए । संस्थाद्धारा यस अधि गठीत निर्वाचन समितीका संयोजकले निर्वाचन अधिनै राजीनामा दिएको कारण संस्थाको निर्वाचन स्थगीत हुनगएको थियो ।
मानिस जहां जसरी रहेपनि नेपाल र नेपालीको भाषा संस्कृती जोगाई राख्नु पर्दछ भन्ने उद्धेश्य लिई “भाषा चाहिन्छ भेष चाहिन्छ सिर उठाई बाच्न आºनो देश चाहिन्छ” भन्ने मुल मन्त्रका साथ विश्वको ७३ देशमा शाखा र सयौं च्याप्टरमा फैलिएको अन्तराष्ट्रिय नेपाली साहित्य समाज अन्तर्गत कोलोराडो च्याप्टरको आयोजनामा प्रत्येक महिना कवि गोष्ठीको आयोजना हुने गर्दछ ।