४ बैशाख २०८१, मंगलवार
Follow Us

मैले वुझेको मार्क्सवाद: जीवा लामिछाने

नेपालब्रिटेन डट कम्
२२ बैशाख २०७६, आईतवार १५:०४

जर्मनी । कार्लमार्क्स जन्मेको आज २०१ वर्ष पुरा भयो । उनी ५ मई १८१८ मा जर्मनीको ट्रिएर शहरमा जन्मेका हुन ।

कार्लमार्क्स सम्भवत: गएको दुइसय वर्षमा सबैभन्दा बढ़ी पढिएका दार्शनिक-चिन्तक हुन । जर्मनीको ट्रीएर शहरस्थित उनी जन्मेको बारोक हाउस-कार्लमार्क्स म्यूज़ियममा २ वर्ष अघि म पुगेको थिंए । उनको दर्शन जति पढ्दै गयो उनका कुरा मलाई उती बढि काल्पनिक र असम्भव लाग्ने गर्छ । मार्क्सले परिकल्पना गरेको वर्गबिहीन र राज्यबिहीन आदर्शवादी समाज एक स्वप्नलोक (utopia) मात्रै हो भन्ने मेरो बुझाई छ ।

सोभियत सघंका सवै विश्वविद्यालयहरूमा सोसीयल स्ट्डीज अन्तर्गत पहिलो वर्ष सोभियत कम्युनिस्ट पार्टीको इतिहास, दोश्रो वर्ष मार्क्स-एन्गेंल्स फिलोसफी र तेश्रो वर्ष पोलिटिकल इकोनमी विषय अनिवार्य रुपमा अध्ययन गर्नुपर्थ्यो ।

गोर्वाचोभले खुला गरिदिएको स्वतन्त्रताको उपयोग गर्दै कक्षामा प्राध्यापकसगं हामी मार्क्सवाद लगायतका सामाजिक विषयहरुमा गरमागरम वहस गर्थ्यौं । सवैभन्दा बढ़ी बहस चॉही ‘सर्वहारावर्गको अधिनायकवाद’ शिर्षक माथि गरियो होला ।

मैले वुझेको मार्क्सवाद (संक्षेपमा):

मार्क्सबादको मूल आधार द्वन्दात्मक भौतिकबाद हो । यसमा उनले मानिस, पृथ्वी र ब्रह्माण्डको मार्क्सवादी व्याख्या गरेका छन । मार्क्सका अनुसार सृष्टिका यावत सृजनाहरुमा बिरोधाभास वा अंतर्द्वंद छ । समाजको उन्नतीकालागि आर्थिक र सामाजिक समानता अपरिहार्य हुन्छ । पूँजीवादी समाजमा अल्पसंख्यक पूँजीवादी वर्गले वहुसंख्यक श्रमिकवर्गलाई शासन गर्छन । पूँजीपति र श्रमिक-मजदूरवर्गका विचमा द्वन्द/अन्तर्संघर्ष हुनु ज़रूरी छ । यो संघर्षमा श्रमिकबर्गले विजय प्राप्त गर्नेछन र ‘सर्वाहारावर्गको अधिनायकबाद’ स्थापना हुनेछ । श्रमिकबर्गले राज्यको सम्पूर्ण शक्ति प्राप्त गरेपछि पूजीबादी बर्गको अन्त्य हुनेछ । निजि सम्पती रहने छैन । उत्पादन र वितरणमा राज्यको नियन्त्रण रहनेछ । पूजीबादी व्यवस्थाका सबै अवशेष सकिएपछी राज्यको कुनै आवस्यकता रहने छैन । सबै मानिसहरु समान भएकोले समाजको उन्नतिकालागि सबैले अधिक परिश्रम गर्नेछन । आवस्यकता अनुसार समानरुपले सवैको आपूर्ति राज्यले गर्नेछ । बर्गबिहिन र राज्यबिहिन समाजमा कसैको पनि शोषण हुने छैन !

संसार परिवर्तनशिल छ भन्ने हेगेलको दर्शनमा मार्क्स सहमती राख्छन तर अध्यात्मवादमा भने उनको विमती छ । मार्क्सका अनुसार धर्म एक अफ़ीम हो जसले मानिसलाई सधैं लठ्याएर राख्छ ।

सृस्टीको आधार हाम्रा अॉखाले देख्न सक्ने भौतिक पदार्थ मात्रै हुन, हाम्रो बिचार-सोच त्यहि पदार्थको रेफ्लेक्सन मात्रै हो । ईश्वर जसलाई भौतिक रुपमा देख्न सकिन्न त्यसको अस्तित्व छैन, ती भ्रम मात्रै हुन ।
– लामिछानेको फेसबुकबाट साभार