८ बैशाख २०८१, शनिबार
Follow Us

नेपाल प्रहरीका ५४ इन्सपेक्टरले पाए जिम्मेवारी (सूचीसहित)

नेपालब्रिटेन डट कम्
२२ बैशाख २०७६, आईतवार १५:५५

काठमाडौं–प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी नायव निरीक्षकबाट प्रहरी निरीक्षक पदमा पदोन्नति भएका प्रहरी अधिकृतहरुलाई प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित कार्यक्रममा दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका छन् गृह मन्त्रालयको २०७६ वैशाख २० गतेको निर्णयले ५४ जना सई इन्सपेक्टरमा पदोन्नति भएका थिए ।
कार्यक्रममा ५२ जना प्रहरी निरीक्षकहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन् भने १ जना हाल संयुक्त राष्ट्रसंघीय मिसनमा कार्यरत र १ जना क्रिया बिदामा रहेका छन् ।
दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रममा उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्दै प्रहरी महानिरीक्षक खनालले प्रहरी संगठन सर्वोत्कृष्ट बनाउन अझै तीव्रता र दृढताकासाथ नेपाल सरकारको नीति अनुसार जिम्मेवार भएर काम गर्न निर्देशन दिए ।
पदोन्नतिसँगै थप जिम्मेवार र लगनशील भई तोकेको दायित्व पुरा गर्नुपर्ने चर्चा गर्दै उनले भने, ‘विगतका नराम्रा बानी भए सबै छोडनुस्, नयाँ काम गर्न थप उर्जाका साथ तयार र एकजुट हुनुस् ।’
पदोन्नति अघि जुनिएर प्रहरी अधिकृतको रुपमा काम गरी उनीहरुका भावना, पीडा, मर्का र अवस्थाको जानकार भई ती कर्मचारीसँग सामिप्यता राखी काम गरेको अनुभवले अब सिनियर प्रहरी अधिकृतसँग पुलको रुपमा काम गरी संगठनको श्रीवृद्धिमा ठूलो भूमिका निर्वाह गर्ने दायित्व आएको प्रहरी महानिरीक्षक खनालले बताए ।
यसैबीच बढुवाको फुली लगाएका सबै इन्सपेक्टरको पदस्थापना भएको छ ।