१३ बैशाख २०८१, बिहीबार
Follow Us

प्रधानमन्त्री दाहाल र सभापति देउवाबीच भेटवार्ता

नेपालब्रिटेन डट कम्
६ कार्तिक २०७३, शनिबार १५:३१

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच आज भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीका विरुद्धमा संसद् सचिवालयमा दर्ता भएको महाअभियोगसम्बन्धी प्रस्तावपछि उत्पन्न परिस्थितिका बारेमा छलफल भएको बताइएको छ ।