१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए ओसेनीया क्षेत्रीय सम्मेलन तयारीमा २० देशका ३ सय प्रतिनिधी सहभागी हुने

नेपालब्रिटेन डट कम्
२२ बैशाख २०७६, आईतवार १६:१५

सिड्नी। गैर आवासीय नेपाली संघ (एनआरएनए) को ओसेनीया क्षेत्रीय सम्मेलन तयारी अन्तिम चरणमा पुगेको छ । सम्मेलन यही मे ११ र १२ मा हुँदैछ । एनआरएन ओसेनीया क्षेत्रीय संयोजक धर्मराज अधिकारीका अनुसार सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको हो ।

सम्मेलनको लागि विश्वभरका एनआरएन अभियन्ताहरु आउने क्रम शूरु भइसकेको छ । सम्मेलनमा सहभागि हुनको लागि उपाध्यक्ष कुमार पन्त आइसक्नुभएको छ । सम्मेलन दुई दिनसम्म चल्नेछ । सम्मेलन सिड्नीको हायात रीजेन्सी होटलमा हुनेछ ।

सम्मेलनमा २० मुलुकका तीन सय भन्दा बढीको सहभागिता रहने अनुमान गरिएको छ । सम्मेलनमा एनआरएन पूर्व अध्यक्ष शेष घले, एनआरएन आइसिसीको तर्फबाट अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कुमार पन्त र महासचिव बद्री केसीलगायतको सहभागिता रहनेछ । एक पटकको नेपाली सधैको नेपाली भन्ने मूल नाराका साथ गरिन लागिएको सम्मेलन नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन कोशेढुंगा शावित हुने अपेक्षा गरिएको छ ।

सम्मेलनको पहिलो दिन नेपालमा गैर आवासीय नेपाली र लगानी सम्बन्धी, प्रर्यटन प्रबद्र्धन तथा विदेशी ज्ञान, सिपलाई कसरी भित्याउन सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित गरिनेछ भने दोस्रो दिन सिड्नी घोषणापत्र जारी गर्दै समापन गर्ने कार्यक्रम तय गरिएको संयोजक अधिकारीले जानकारी गराउनुभयो । सम्मेलनको लागि करिव ८० हजार अष्टेलियन डलर खर्च हुने अनुमान गरिएको छ ।