१३ बैशाख २०८१, बिहीबार
Follow Us

प्रचण्डलाई भयो जंगलजस्तो एक्लो महसुस

नेपालब्रिटेन डट कम्
२३ बैशाख २०७६, सोमबार ०३:२३

काठमाडौँ – नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई नयाँ उचाइ दिन एकता भए पनि ठूलो पार्टीभित्र पनि एक्लैजस्तो महसुस हुने वातावरण बनिरहेको बताएका छन् ।
कार्लमार्क्सको २०१ औं जन्मजयन्तीका अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले यस्तो स्थितिमा समीक्षा जरुरी रहेको बताए ।
‘६–७ लाख कार्यकर्ता उठ्ने हो भने त हामीले दलाल नोकरशाही पुँजीवाद परास्त गर्न सक्छौं । तर हामी किन हिम्मत हार्दैछौं ? किन एक्ला भएका छौं ? हामी समूहमा भएर पनि किन कमजोर हुँदैछौं,’ अध्यक्ष दाहालले भने, ‘हिजो जंगलमा थियौं, जंगलमा भएजस्तो अनभूति थिएन, अहिले काठमाडौंमा लाखौं मानिसबीच हुँदाचाहिँ जंगलजस्तो एक्लो महसुस हुन थालेको छ ।
अहिले के विचित्र भइरहेको छ ?’ उनले आन्दोलनलाई नयाँ उचाइ दिनका लागि आवश्यक रहेको र त्यसका लागि आफू जे गर्न पनि तयार हुने प्रतिबद्धता जनाए ।

दाहालले कम्युनिस्ट पार्टी र तिनका नेता–कार्यकर्ता ‘कम्युनिस्ट आदर्श’ बाट बिग्रँदै गएकाले नयाँ खालको सांस्कृतिक क्रान्ति आवश्यक रहेको पनि बताए । उनले आफूले गरेका गल्ती सच्याउन तयार रहेको उल्लेख गर्दै श्रमजीवी वर्गको प्रतिनिधिका रूपमा पार्टीलाई नयाँ ढंगबाट वैचारिक रूपमा मजबुत बनाउन आवश्यक रहेको उल्लेख गरे । कान्तिपुर दैनिकमा खबर छापिएको छ ।