१२ बैशाख २०८१, बुधबार
Follow Us

अस्पतालमा बच्चा छाडेर हिँड्ने पूर्वसभासद दम्पती समातिए

नेपालब्रिटेन डट कम्
२३ बैशाख २०७६, सोमबार ०३:३९

काठमाडौं– ललितपुर प्रहरीले आइतबार पूर्वसभासद गायत्री साह र उनका श्रीमान राजेश महतोलाई पक्राउ गरेको छ ।
मेडिसिटी अस्पतालले दिएको जाहेरीको आधारमा प्रहरीले साह दम्पत्तीलाई पक्राउ गरेको हो ।
गायत्रीले. फागुन २८ गते मेडिसिटी अस्पतालमा भर्ना भई छोरा जन्माएर छाडेकी थिइन् ।
जन्मिएको शिशुमा डाउन सिन्ड्रोम रहेको थाहा पाएपछि अस्पतालले पूर्वसूचना नदिएको र उपचारका क्रममा लापरबाही गरेको कारण डाउन भएको बच्चा जन्माउनु परेको आरोप उनीहरुले लगाएका थिए ।
अस्पतालले भने यस्तो हुनुमा अस्पतालको लापरबाही नरहेको भन्दै चैत २१ गते डिस्चार्ज गरिदिएको थियो ।
तर डिस्चार्जपछि साह दम्पतीले बच्चा लिन मानेनन्।
बच्चा लिन नमानेपछि अस्पतालले प्रहरीमा उजुरी दिएको थियो । कान्तिपुरले खबर छापेको छ ।