१६ चैत्र २०८०, शुक्रबार
Follow Us

एनएमबी बैंकले ब्याजबाट ३ अर्ब कमायो, नाफा १९ प्रतिशतले वृद्धि

नेपालब्रिटेन डट कम्
२३ बैशाख २०७६, सोमबार ०८:१२

काठमाडौं–एनएमबी बैंकको नाफामा १९.९३ प्रतिशतले बृद्धि भएको छ । बैंकको नाफा १ अर्ब ६५ करोड ११ लाख २६ हजार रुपैयाँ पुगेको हो ।
गत वर्षको यसै अवधिमा बैंकको नाफा १ अर्ब ३८ करोड २९ लाख ९८ हजार रुपैयाँ रहेको थियो । बैंकको सञ्चालन मुनाफा भने २ अर्ब ३४ करोड ९१ लाख ५९ हजार रुपैयाँ रहेको छ ।
बैंकले ब्याज आम्दानीबाट ३ अर्ब ९ करोड ४१ लाख ९९ हजार रुपैयाँ कमाएको छ । यो गत वर्षको तुलनामा ५०.८३ प्रतिशतले बढी हो । गत बर्षको यसै अवधिमा बैंकले खुद ब्याज आम्दानीबाट २ अर्ब ५ करोड १३ लाख ६३ हजार रुपैयाँ कमाएकोे थियो ।
बैंककले ग्राहकबाट ९३ अर्ब ९६ करोड २६ लाख रुपैयाँ निक्षेप संकलन गर्दा ग्राहकमा ३ अर्ब ३७ करोड १८ लाख रुपैयाँ ऋण प्रवाह गरेको छ ।
बैंकको सिसिडि रेसियो ७७.८३ प्रतिशत छ भने बेस रेट पनि घटेको छ । बैंकको बेस रेट ९.९५ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी २२ रुपैयाँ ८९ पैसा छ ।