१५ बैशाख २०८१, शनिबार
Follow Us

नेप्सेमा एकैदिन १ करोड १५ लाख ९७ हजार कित्ता सेयर सूचीकृत, कसको कति ?

नेपालब्रिटेन डट कम्
२३ बैशाख २०७६, सोमबार ०८:३२

काठमाडौं–सेयर बजारमा एकै दिन एक करोड १५ लाख ९७ हजार ६०.२२ कित्ता बोनस सेयर सूचीकृत भएको छ । बोनस सेयर सूचीकृत गराउँनेमा साल्ट ट्रेडिङ कर्पोरेसन, मिसन डेभलपमेन्ट बैंक, सोल्टी होटल र हिमालयन बैंक रहेका छन् ।
साल्ट ट्रेडिङको ३ लाख ७ हजार ४ सय २४ कित्ता बोनस सेयर सुचिकृत भएको छ । साल्ट ट्रेडिङले चैत्र ११ गतेको साधारणसभाले २५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको थियो । सोही सेयर अहिले नेप्सेमा सूचीकृत भएको हो ।
यता मिसन डेभलपमेन्ट बैंकको ५ लाख ७१ हजार २०८.२२ कित्ता बोनस सेयर सुचिकृत भएको छ । यसले ११ प्रतिशत बोनस सेयर दिएको हो ।
सोल्टी होटलको ६६ लाख ६१ हजार १६३ कित्ता बोनस सेयर सुचिकृत भएको छ भने हिमालयन बैंकको पनि ४० लाख ५७ हजार २६५ कित्ता बोनस सेयर सुचिकृत भएको हो । सेयर सुचिकृत पछि यी कम्पनीहरुको सेयर दोस्रो बजारमा कारोबार खुला भएको छ ।