१५ बैशाख २०८१, शनिबार
Follow Us

फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच सोमबार एकता घोषणा

नेपालब्रिटेन डट कम्
२३ बैशाख २०७६, सोमबार ०९:१०

काठमाडौं– उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालबीच सोमबार एकता घोषणा भएको छ । सोमबार राजधानीमा आयोजित एक विशेष समारोहमार्फत दुई पार्टीबीच एकतासम्बन्धी समझदारीपत्र आदानप्रदान गर्दै एकता भएको घोषणा गरिएयो ।
एकतासम्बन्धी समझदारीपत्रमा नयाँ शक्तिको तर्फबाट संयोजक बाबुराम भट्टराई र फोरमको तर्फबाट उपेन्द्र यादवले हस्ताक्षर गरे । एकता समारोहमा दुबै पार्टीका नेता तथा कार्यकर्ताले हल भरिभराउ थियो ।
एकीकृत पार्टीको नाम समाजवादी पार्टी नेपाल राखिएको छ ।