१४ बैशाख २०८१, शुक्रबार
Follow Us

चन्द्र ढकाल दाजुभाइले ६ करोड खर्चिएर बनाएको विद्यालय राष्ट्रपतिद्वारा हस्तान्तरण

नेपालब्रिटेन डट कम्
२३ बैशाख २०७६, सोमबार ०९:१६

‘पूर्वविद्यार्थीले बनाए अत्याधुनिक मल्टिमिडिया सेन्टर’

बागलुङ– बागलुङ नगरपालिका १२ स्थित अमलाचौरमा दुई चर्चित व्यवसायी चन्द्र ढकाल र हेमराज ढकाल दाजुभाइले आफ्नो बाबुको स्मृतिमा बनाएको अत्याधुनिक विद्यालयल सोमबार एक विशेष समारोहकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीले हस्तान्तरण गरेकी छिन् ।

ढकाल दाजुभाइले आफैँले अध्ययन गरेको पृथ्वी हिरण्य माध्यामिक विद्यालयको १४ कोठे भवन ढकाल दाजुभाइले आफ्ना बाबु हिरण्यप्रसाद ढकालको स्मृतिमा छ करोड १४ लाख खर्चेर बनाएका हुन् ।

चन्द्र ढकाल आइएमई ग्रुपका अध्यक्ष हुन् भने उनका भाइ हेमराज ढकालले पनि सोही ग्रुपका डाइरेक्टर हुन् । भण्डारीले स्वर्गीय समाजसेवी हीरण्यप्रसाद ढकालको सालिकको समेत अनावरण गरेकी छिन् ।

सो अवसरमा राष्ट्रपतिले विद्यालयका पूर्व विद्यार्थीको सक्रियतामा स्थापना गरिएको मल्टिमिडिया सेन्टरको उद्घाटन तथा अवलोकन समेत गरेकी थिइन् ।

कार्यक्रममा राष्ट्रियसभाका सदस्य तथा सत्तारुढ दलका नेता दीनानाथ शर्मा, सांसदहरु डा सूर्य पाठक, मना केसी र देवेन्द्र पौडेल, व्यवसायीद्धय चन्द्र ढकाल, हेमराज ढकाल, गैरआवासीय नेपाली संघका सल्लाहकार डा हेमराज शर्मा, प्रअ प्रेम प्रसाद चपाई लगायतले सम्वोधन गरेका थिए ।

कार्यक्रममा पूर्वविद्यार्थी तथा गैरआवासीय नेपालीबाट सङ्कलित रु ५० लाखको अक्षयकोषको चेक राष्ट्रपति भण्डारीको उपस्थितिमा विद्यालयलाई हस्तान्तरण गरिएको थियो ।
राष्ट्रपति बागलुङ पुग्दा सुरक्षा व्यवस्था कडा पारिएको थियो ।