४ बैशाख २०८१, मंगलवार
Follow Us

राजधानीको कोटेश्वरमा बम भेटियो

नेपालब्रिटेन डट कम्
२३ बैशाख २०७६, सोमबार १६:२८

काठमाडौं– राजधानीको कोटेश्वरस्थित व्यस्त सडकमा सोमबार साँझ बम फेला परेको छ ।
एकाएक अज्ञात समूहले राखेको बम देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सो बम सेनाको बम डिस्पोजल टोलीले निश्क्रिय पारेको छ ।
नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले संकास्पद बस्तु सामान्य खालको खरेल बम भएको पाइएको जानकारी दिए ।
बम भेटिएपछि सो क्षेत्रका स्थानीय त्रसित हुनुका साथै सवारी साधन आवागमनमा समेत केहीबेर अवरोध सिर्जना भएको थियो ।