११ बैशाख २०८१, मंगलवार
Follow Us

अष्ट्रीया एनआरएनले नेपाली खेलाडीलाई सम्मान गर्ने

नेपालब्रिटेन डट कम्
६ कार्तिक २०७३, शनिबार २१:४४

भियना । गैरआवासीय नेपाली सँघ अष्ट्रीयाले तेक्वान्दो खेलाडीको सम्मानका एक कार्यक्रमको आयोजना गर्ने भएको छ । अध्यक्ष धर्मराज खतिवडाका अनुसार
गतहप्ता एनआरएन अष्ट्रीयाको तर्फबाट तेक्वान्दो खेल्न अमेरिका पुगेर सफलता हाँसिल गरेका खेलाडीहरुको सम्मानमा सो कार्यक्रमको आयोजना गर्न लागिएको हो । आइतवार आयोजना हुने कार्यक्रमा उत्कृष्ट खेलाडी बिनय कार्कीलाई सम्मान गर्ने तयारी गरिएको छ । कार्यक्रममा उपस्थित हुन एनआरएन अष्ट्रीयाले नेपाली समूदायलाई आग्रह गरेको छ ।