१२ बैशाख २०८१, बुधबार
Follow Us

प्रवासी नेपालीको हक हितका लागि एनआरएनमा अधिकारीको उम्मेद्वारी

नेपालब्रिटेन डट कम्
२३ बैशाख २०७६, सोमबार १९:४२

एनआरएन आईसीसीलाई सुदुढ एवम् स्वच्छ छवि भएको सामाजिक संस्था बनाउने उद्देश्यका साथ शशिचन्द्र अधिकारीले बोर्ड अफ डाइरेक्टर पदमा उम्मेद्वारी दिनु भएको छ । उहाँ अहिले पनि प्रवासमा रहेका नेपालीहरूको हक हित र अधिकारको लागि लड्दै आउनु भएको छ । मैले जिम्मेवारी पाए अझ ममा बल थपिने छ,’ उहाँले भन्नु भयो ‘स्वतफूर्त काम गर्ने हौसला मिल्नेछ ।’

एनआरएन आईसीसीको सेफ्टी एण्ड सेक्युरिटी कम्युनिटीमा सन् २०१७–२०१९ सम्म सदस्य रहनु भएका अधिकारी एनआरएनएभित्र रहेका राजनीतिक विकृति हटाउन आफूले उम्मेद्वारी दिएको बताउनु हुन्छ ।
एनआरएनलाई अमेरिकाबासी नेपालीको साझा संस्था बनाउने अभियानमा म लागेको छु,’ उहाँले भन्नु भयो । अमेरिकी नेपाली समुदायमा उहाँ एक अभिन्न नेताको रुपमा परिचित हुुनुहुन्छ ।

‘एक पटकको नेपाली सधैको नेपाली’ भन्ने मूल नारा म चुनावी अभियानमा होमिएको हुँ,’ उहाँले भन्नु हुन्छ ‘म अहिले पनि प्रवासमा रहेका नेपालीहरूको हक हित र अधिकारको लागि लड्दै आएको छु र अब जिम्मेवारी पाए भने अझ ममा बल थपिने छ।’ स्वतफूर्त काम गर्ने हौसला मिल्नेछ ।’ अमेरिकाकी एनआरएनएलाई नमूना बनाउने मेरो अभियानमा यहाँहरूको साथ र सहयोग उत्तिकै आवश्यक छ । ।

नेपालमा रह्दा नै विभिन्न सामाजिक संघसंस्था उलेख्य योगदान दिएर मान प्रतिष्ठा कमाउनु भएका अधिकारी अमेरिकाको केन्टकी राज्यका सफल व्यवसायी व्यवसायी हुुनुहुन्छ ।
विभिन्न संघ संस्थामा काम गरेर अनुभव सम्हालेका अधिकारीले बोर्ड अफ डाइरेक्टरका लागि प्रभावशाली र बलिया उम्मेद्वार रुपमा देखिनु भएको छ ।
उहाँले चुुनावी कार्यक्रममा भाग लिन अमेरिकाको विभिन्न राज्यमा जाने कार्यक्रम बनाउनु भएको छ ।

– सुरेश कोइराला