१३ बैशाख २०८१, बिहीबार
Follow Us

प्रेस युनियनले बेलायत दुई पत्रकारलाई सम्मान गर्ने, अन्तरक्रियाको लागि समुदायमा जाने

नेपालब्रिटेन डट कम्
२३ बैशाख २०७६, सोमबार २३:४८

लण्डन । नेपाल प्रेस युनियन बेलायतको नवनिर्वाचित कार्यसमितिको प्रथम बैठक महत्वपूर्ण निर्णय गर्दै सकिएको छ ।

बेलायतमा पहिलो पटक विस्तार भएको लोकतान्त्रिक पत्रकारहरुको छाता संगठन युनियन बेलायतका नवनिर्वाचित अध्यक्ष बिपिन निरौलाको सभापतित्वमा सम्पन्न बैठकले सहयोगी संस्था र ब्यक्तिहरुलाई विशेष धन्यवाद ब्यक्त गर्दै बेलायतका विभिन्न स्थानमा अन्तरक्रिया र वहस कार्यक्रमहरु आयोजना गर्ने निर्णय समेत गरेको छ ।

आइतवार लण्डनको प्लम्स्टेडमा सम्पन्न बैठकले एनआरएन युके र नेपाल प्रेस युनियन युके बीच अन्तरक्रिया गर्ने भएको छ ।

उक्त अन्तरक्रियाका लागि कार्यसमितिका उपाध्यक्ष खेमराज रानाभाटलाइ कार्यक्रम संयोजक चयन गरेको छ ।

बैठकले बेलायतका सांसद र बेलायतका नवनिर्वाचित नेपाली मूलका काउन्सिलरहरुसंग अन्तरक्रिया गर्न अर्का उपाध्यक्ष एभरेस्ट गौतमलाइ संयोजक चयन गरिएको छ ।

समाबेसी प्रेसका लागि आदिबासी जनजाति संघ–सस्थासंग समन्वय र अन्तरक्रिया गर्ने पनि बैठकले निर्णय गरेको छ ।

त्यस्तै वेल्समा रहेका नेपाली संघ–सस्थासंग अन्तरक्रिया र त्यहाँ रहेका प्रजातान्त्रिक पत्रकारहरुलाई सदस्यता वितरण एबम विस्तार गर्न सचिब मन्दिप केसी संयोजक बनाइएको छ ।

बैठकले अध्यक्ष बिपिन निरौलाले दुई वर्ष अघि युनियनको इटहरीमा सम्पन्न पूर्वाञ्चल भेलामा घोषणा गरे बमोजिम ‘प्रेस स्वतन्त्रता, मानब अधिकार , प्रजातन्त्र र जनजीविकाका बिषयमा पत्रकारिता मार्फत जागरण फैल्याउने नेपाल भित्रका १ र नेपाल बाहिर प्रवासका १ जना गरी कम्तिमा २ जना पत्रकारहरुलाई पुरस्कारको व्यवस्था गर्ने निर्णय गरेको छ । सो कार्यको जिम्मेवारी अध्यक्ष बिपीन निरौलालाई दिने निर्णय भएको छ ।

युनियन युकेको वेब साइट बनाउनका लागि कार्यसमिति सदस्य लालमणि भट्टराई र कोषाध्यक्ष्य सन्तोष भट्टराईलाइ जिम्मा दिइएको छ । साथै सदस्य भट्टराईलाई डिजिटल मिडिया बिभाग प्रमुखको जिम्मेवारी समेत दिइएको छ ।

निकट भविष्यमा हुने प्रतिभा नक्षत्र कार्यक्रमलाई सहयोग गर्न कार्यसमितिका सहसचिब कृष्णा भण्डारीलाई संयोजकको जिम्मेवारी तोकिएको छ भने नेपाल भ्रमण बर्ष २०२० सफल पार्न महामहिम नेपाली राजदुतको अध्यक्ष्यतामा गठित समितिलाइ सहयोग गर्न प्रचारप्रसार समितिका सहसंयोजकमा नियुक्त बिपिन निरौला साथै सदस्यका रुपमा कार्यसमितिका सदस्य शालिक सापकोटालाइ पठाउने निर्णय गरिएको छ ।

बुद्ध फाउन्डेशन युकेको यहि मे १२ आइतबारका दिन लन्डनको ट्राफलगर स्क्वायरमा सम्पन्न हुने बुद्ध जयन्ति कार्यक्रममा बृहत सहभागिता जनाउने र सोको सहयोग एबम प्रचारप्रसारका लागि कार्यसमिति सदस्य सुरेन रुपाखेतीलाइ संयोजकको जिम्मेवारी दिइएको छ ।

सचिब मन्दिप केसीले सहजीकरण गरेको बैठकले केन्द्रीय अध्यक्ष बद्री सिग्देल, उपाध्यक्ष बाला अधिकारी र महासचिब अजयबाबु शिवाकोटी नेपालबाट बेलायतसम्म आइ सर्बसम्मत रुपमा अधिबेशन सम्पन्न गराएकोमा धन्यबाद एबम आभार प्रकट गरेको छ ।

त्यस्तै बैठकले प्रदेश नम्बर ३ का सांसद बिजुला बर्मा र नेपाल पत्रकार महासंघका महासचिब रमेश बिस्ट, नेपाली राजदुताबासका उपनियोग प्रमुख शरदराज आरन , नेपाली जनसम्पर्क समितिका अध्यक्ष युबराज गुरुङ , एनआरएनका केन्द्रिय उपाध्यक्ष कुल आचार्य , एनआरएन युकेका उपाध्यक्ष शेर बहादुर सुनार, उपाध्यक्ष ललित न्यौपाने, महासचिब राजकुमार त्रिपाठी, नेसाका अध्यक्ष केश बहादुर गुरुङ , जनसम्पर्क समितिका उपाध्यक्षद्वय महेश कुमार दाहाल र सुरज केसी , महासचिबद्वय केशब भण्डारी र सुर्य तामाङ, नेपाली कांग्रेसका महासमिति सदस्य बिज्ञान प्रसाई, नेपाल पत्रकार महासंघ युके का अध्यक्ष नरेश खपांगी , बरिष्ठ उपाध्यक्ष ध्रुबराज अर्याल, बुद्ध फाउन्डेसन युकेका अध्यक्ष दीपक श्रेष्ठ , महासचिब अर्जुन कटुवाल, प्रतिभा नछत्र परिवार ,देवीमाया पून र गेसो परिवारलाई विशेष धन्यवाद ब्यक्त गरेको छ ।

बैठकले चिरन्जिबी ढकाल, कमल भण्डारी , राजन कंडेल , मनोज मेहता, दयानिधि सापकोटा, जीवन सेन, कमल पौडेल (इएमइ लण्डन) लगायतका समाजसेबीहरुलाई आभार प्रकट गरेको छ ।

बैठकले नेपाल प्रेस युनियन बेलायतका सस्थापक सहसंयोजक तथा युनियनका युरोप संयोजक संजयभक्त कंडेल र संस्थापक सदस्यहरुलाई विशेष आभार प्रकट गरेको छ ।

त्यस्तै प्रेस युनियन केन्द्र र बेलायतस्थित संघ सस्थाहरुसंग समन्वय गर्न र भाबी कार्यक्रमहरुको तर्जुमा गर्न अध्यक्ष निरौलालाई जिम्मा दिने निर्णय गरेको छ ।