१६ चैत्र २०८०, शुक्रबार
Follow Us

महाअभियोगको पक्षमा कांग्रेस सभापति देउवा

नेपालब्रिटेन डट कम्
६ कार्तिक २०७३, शनिबार २२:३०

काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्ताववारे सकरात्मक छलफल भएको छ ।

शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटवार्तामा दुवै नेताहरुवीच अख्तियार प्रमुख कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोगको प्रस्तावलाई आइतवार संसदमा छलफलका लागि पेश गर्ने निर्णय भएको छ ।

प्रधानमन्त्री दाहालले काँग्रेस सभापति देउवालाई महाअभियोगको प्रस्तावलाई सफल बनाउनेगरि पार्टीमा निर्णय लिन आग्रह गरेका थिए । जवाफमा सभापति देउवाले महाअभियोगको प्रस्तावलाई अगाडि बढाउन सहमति दिएका हुन् ।

दुई नेताहरुबीच मुलुकको पछिल्लो सहमतिले अख्तियार प्रमुख लोकमान कार्कीको पद जाने निश्चित प्रायः भएको छ ।