११ बैशाख २०८१, मंगलवार
Follow Us

ट्याक्टर दुर्घटनामा दाइको मृत्यु, भाइ घाइते

sarusaru
२४ बैशाख २०७६, मंगलवार ०२:२०

मलंगवा : सर्लाहीको दक्षिण-पश्चिम क्षेत्रस्थित बसबरिया गाउँपालिका- ३ मानपुर ब्यारेज नजिक सोमबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ। एकजना गम्भीर भएका छन्।

गाउँको भित्री सडकमा ज १ त ७२२० नम्बरको ट्याक्टर अनियन्त्रित भइ पल्टिँदा सोही ठाउँका उपेन्द्र महतोका १८ वर्षीय छोरा आशिक महतोको मृत्यु भएको हो।महतोलाई उपचारका लागि बरहथवा ल्याउनेक्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक महतो सोही ट्याक्टरका चालक हुन्।

दुर्घटनामा मृतक आशिकका भाइ १६ वर्षीय आदित्य महतो गम्भीर घाइते भएका छन्।उनलाई बरहथवामा सामान्य उपचार गरी थप उपचारका लागि वीरगञ्ज रेफर गरिएको प्रहरीले जनाएको छ।
अन्नपूर्ण पोष्ट