७ बैशाख २०८१, शुक्रबार
Follow Us

नेपाल एयरलाइन्सका कर्मचारी तस्करीको सुनसहित पक्राउ

नेपालब्रिटेन डट कम्
२४ बैशाख २०७६, मंगलवार ०२:५१

काठमाडौं–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत नेपाल वायु सेवा निगमका कर्मचारी रञ्जितकुमार यादव सुन तस्करीको आरोमा पक्राउ परेका छन् ।
ग्राउण्ड ह्यान्डलिङमा कार्यरत यादवले आइतबार दोहाबाट काठमाडौं अवतरण गरेको निगमको जहाजमा आएका यात्रुले ल्याएको सुन बुझेका थिए ।
प्रहरीले आइतबार साँझैं उनलाई ३०० तोलासुनसहित पक्राउ गरेको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।