१४ बैशाख २०८१, शुक्रबार
Follow Us

योग्यता नपुगेको भन्दै न्यायाधीशविरुद्ध रिट

नेपालब्रिटेन डट कम्
२४ बैशाख २०७६, मंगलवार ०३:०६

सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्चमा रिट निवेदन दर्ता भएको छ ।
नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष एवं वरिष्ठ अधिवक्ता शम्भु थापा र अधिवक्ता पूर्ण राजवंशीले सर्वोच्चमा रिट निवेदन दर्ता गरेका हुन् ।

निवेदनमा न्यायाधीश शर्मासहित न्यायपरिषद् अध्यक्ष एवं प्रधानन्यायाधीश, न्यायपरिषद्, त्यसको सचिवालय, संसदीय सुनुवाइ समिति र राष्ट्रपति कार्यालयलाई विपक्षी बनाइएको छ । २०७५ चैत १९ गते न्यायपरिषद्ले सर्वोच्चका लागि ५ न्यायाधीशको नाम सिफारिस गरेको थियो । त्यसमध्ये शर्माको नाम विवादित बनेको हो । कान्तिपुर दैनिकमा खबर छ ।