१५ बैशाख २०८१, शनिबार
Follow Us

विराटनगरमा राजधानी राख्ने निर्णयविरुद्ध धनकुटामा आन्दोलन

नेपालब्रिटेन डट कम्
२४ बैशाख २०७६, मंगलवार ०८:०८

काठमाडौँ– प्रदेश नम्बर १ को स्थायी राजधानी विराटनगर राख्ने प्रस्ताव पारित भएसँगै धनकुटाबासीले आन्दोलन घोषणा गरेका छन् । राजधानी विराटनगर राख्ने निर्णयको विरोधमा मङ्गलबार १२ बजेदेखि १ बजेसम्म चक्काजाम, मङ्गलबारै बेलुका ७ बजेदेखि साढे सात बजेसम्म ब्ल्याक आउट गरिनेछ । त्यस्तै बैशाख २३ गतेलाई कालो दिनका रुपमा मनाउने धनकुटाबासीले जनाएका छन् । प्रादेशिक राजधानी अभियान संघर्ष समितिका संयोजक सुन्दरबाबु श्रेष्ठका अनुसार धनकुटाको अस्तित्व, पहिचान र इतिहासलाई समाप्त पार्ने कार्य भएकोले आन्दोलनको घोषणा गरेको बताए ।
धनकुटालाई प्रदेश राजधानी बनाइनु पर्ने माग राख्दै विगतमा पनि आन्दोलन हुदै आएको थियो । सोमबार मात्रै प्रदेश सभामार्फत प्रदेश १ को स्थायी राजधानी विराटनगर राख्ने प्रस्ताव प्रदेश सभाबाट सर्वसम्मत पारित भएको थियो ।
संविधानमा प्रदेशको राजधानी र नामाकरण गर्ने अधिकार प्रदेश सभालाई नै दिइएको छ ।