७ बैशाख २०८१, शुक्रबार
Follow Us

श्रीमतीको हत्या

नेपालब्रिटेन डट कम्
२४ बैशाख २०७६, मंगलवार ०८:१०

श्रीमान र श्रीमतीबीच झगडा हुँदा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् । वैशाख २१ गते राती श्रीमतीको हत्या गरेपनि अभियुक्तले २४ घण्टासम्म घटना गुपचुप राखेका थिए ।
भोजपु्र याङपाङ माइती भई भुम्लु गाउँपालिका ६ काभ्रेमा विवाह गरेकी २३ वर्षीय निर्मला नेपालको हत्या उनकै श्रीमान पुष्कर भन्ने राजकुमार पहरीले गरेका हुन् । वैशाख २१ गते साँझ काठमााडौंको बागबजारस्थित डेरामा झगडा हुँदा राजकुमार पहरीले कपालमा समातेर पलङमा लडाइदिँदा निर्मलाको मृत्यु भएको हो ।
वैशाख २१ गते साँझ नै निर्मलाको मृत्यु भएपनि राजकुमारले घटना गुपचुप नै राखेका थिए । तर आफू अपराधबाट छिप्न नसक्ने भएपछि राजकुमारले वैशाख २३ गते बिहान मात्रै निर्मलाको मृत्यु भएकोबारे आफन्तलाई जानकारी गराएका थिए । घटनाको जानकारी पाएलगत्तै पुगेको अपराध महाशाखाको टोलीले निर्मलाका श्रीमान राजकुमारलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीसँगको प्रारम्भिक बयानमा राजकुमारले आफ्नो अपराध स्वीकार गरेको प्रहरीले जनाएको छ ।