११ बैशाख २०८१, मंगलवार
Follow Us

मोटरसाइकलको ठक्‍करबाट ७८ वर्षीय वृद्धको मृत्यु

sarusaru
२४ बैशाख २०७६, मंगलवार १३:०६

विराटनगर : मोरङको उर्लावारी नगरपालिका-५ स्थित मधुमल्ला बसस्टेण्डमा मोटरसाइकलको ठक्‍करबाट मंगलबार एक वृद्धको मृत्यु भएको छ। दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे ९ प ९४४६ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा पैदलयात्री धनकुटा डाँडागाउँका ७८ वर्षीय लालबहादुर खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइतेलाई उर्लाबारीस्थित गोदावरी अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि विराटनगरको विराट नर्सिङ होम ल्याइएको थियो। खड्काको उपचारका क्रममा बिहान १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुर्घटना लगत्तै चालक फरार रहेका कारण खोजी थालिएको र मोटरसाइकललाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको छ।
अन्नपूर्ण पोष्ट