१३ बैशाख २०८१, बिहीबार
Follow Us

यती एसोसियसन यूकेको दसैं तिहार शुभकामना साँझ सम्पन्न (भिडियो)

नेपालब्रिटेन डट कम्
६ कार्तिक २०७३, शनिबार २२:४७

लन्डन । यती नेपाली एसोसियसन यूकेको आयोजनामा दसैं तिहार शुभकामना साँझ सम्पन्न भएको छ । पहिलो पटक साउथ इष्ट लन्डनमा आयोजना भएको सो कार्यक्रमको प्रमुख अतिथि नेपाली दूतावास लन्डनका प्रवक्ता शरदराज आरन थिए । शनिवार सांझ लोटस क्लव उलवीचमा भएकाे दशैं तिहार कार्यक्रममा राष्ट्रिय लोकदोहोरी गायिका लक्ष्मी गुरुङ तथा स्थानीय कलाकारहरुबाट सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको महासचिव बाचसपति रेग्मीले जनाए । संस्थाकी अध्यक्ष पीपला देवानले अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार खेगेन्द्र नेपाली, प्रवासी नेपाली मन्चका अध्यक्ष रामशरण सिमखडा, राजकुमार त्रिपाठी, उमेश मोक्तान लगायतले शुभकामना मन्तब्य दिए ।

संस्थाका महासचिव बाचपति रेग्मीले संचालन गरेको कार्यक्रममा बेलायतस्थित विभिन्न २ दर्जन संघसंस्थाका प्रतिनिधिको उपस्थिती थियो।