१६ चैत्र २०८०, शुक्रबार
Follow Us

सरकारी जग्गामा भूमाफियाको रजगज

नेपालब्रिटेन डट कम्
२५ बैशाख २०७६, बुधबार ०३:१९

नेपालगन्ज – बाँके र बर्दियामा ‘संगठित भूमाफिया गिरोह’ले मालपोतका कागजात किर्ते गरी सरकारी जग्गा नामसारी गरेको रहस्य खुलेको छ। मालपोत कार्यालयका कर्मचारीसँग ‘सेटिङ’ गरी सरकारी स्वामित्वको जग्गा किर्ते कागज बनाएर आफन्तका नाममा पास गरेको फेला परेको हो।

प्रहरी अनुसन्धानले बर्दियामा ६ बिघाभन्दा बढी र बाँकेमा ११ कठ्ठाभन्दा बढी जग्गा किर्ते गरी पास गरेको फेला पारेको छ। एक जनाको अपहरणपछि हत्या भएपछि यसबारे रहस्य बाहिर आएको हो।

२१ माघ २०७५ मा भारतको बहराइच थाना मोतीपुर घर भई नेपालगन्ज–१६ जयसपुरमा डेरा गरी बस्ने जुनेद अन्सारी अपहरणमा परे। अपहरणको भोलिपल्ट भारतको उत्तरप्रदेशमा पर्नेमा नबाबगन्जमा जलाएर उनको हत्या भयो। २३ माघमा मृतककी पत्नी गौरी मल्ल अन्सारीले नेपालगन्ज उपमहानगर–३ बस्ने खैरुल भन्ने कौशल अन्सारीले पतिको अपहरण गरी हत्या गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी थिइन्। प्रहरीले हत्याबारे अनुसन्धान गर्दा भूमाफियाको रहस्य खुलेको ५ नम्बर प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता टीकाबहादुर कार्कीले बताए। अन्नपूर्ण पाेस्टमा खबर छ ।