११ बैशाख २०८१, मंगलवार
Follow Us

सडक दुर्घटनामा नेपाल ‘जोखिमपूर्ण’ मुलुकको सूचीमा

नेपालब्रिटेन डट कम्
२५ बैशाख २०७६, बुधबार ०३:२२

काठमाडौँ । सडक दुर्घटनाका लागि नेपाल ‘जोखिमपूर्ण’ मुलुकको सूचीमा परेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार, १०४ ‘जाखिमपूर्ण’ देशमध्ये नेपाल ७९औं स्थानमा परेको हो ।
संयुक्त राष्ट्रंघ (युएन) ले जारी गरेको ‘युएन सवारी सुरक्षा मापदण्ड’ का लागि ४०औँ स्थानमा परेको छ । नेपालमा दैनिक छदेखि १० जनाले सवारी दुर्घटना परी ज्यान गुमाउने गरेको तथ्याङ्कले देखाएको छ ।
‘युएन– विश्वव्यापी सडकसुरक्षा सप्ताह २०१९’ को मङ्गलबार शुभारम्भ गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, महानगरीय प्रहरी कार्यालय र महानगरीय ट्राफिक प्रहरी महाशाखाले दुर्घटना न्यूनीकरण अभियान सञ्चालन गरेको छ । गाेरखापत्र दैनिकमा खबर छ ।