१५ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएनए क्षेत्रीय सम्मेलनमा कानुनमन्त्री भानुभक्त ढकाल सहभागी हुने

नेपालब्रिटेन डट कम्
२५ बैशाख २०७६, बुधबार १६:४७

काठमाडौं। गैर आवासीय नेपाली संघ (एनआरएनए) को ओसेनीया क्षेत्रीय सम्मेलनमा नेपाल सरकारको तर्फबाट प्रतिनिधित्व गर्दै कानुनमन्त्री भानुभक्त ढकाल त्यसतर्फ प्रस्थान गरेका छन् ।

एनआरएनए यूरोप संयोजक शिवकुमार बरुवालका अनुसार सम्मेलनमा प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य विष्णु पन्ती, नेपाली कांग्रेसका नेता रमेश लेखक समेत प्रस्थान गरेका छन् ।
कार्यक्रममा एनआरएन अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कुमार पन्त, कुल आचार्य, महासचिव बद्री केसी, एनआरएनएन प्रवक्ता भूषण घिमिरे, एनआरएन एसिया प्याशिफिक संयोजक किरण विक्रम थापालगायत सहभागि हुनुहुनेछन ।

सम्मेलन दुई दिनसम्म चल्नेछ । सम्मेलन सिड्नीको हायात रीजेन्सी होटलमा हुनेछ । सम्मेलनमा २० मुलुकका तीन सय भन्दा बढीको सहभागिता रहने अनुमान गरिएको छ ।